bijaya.webs.com

Just for you......

Blog

नेपालका प्रमुख तालहरु

Posted on March 12, 2010 at 2:02 PM Comments comments (0)

                            नेपालका प्रमुख तालहरु

१. रारा ताल : राराताल नेपालको सबभन्दा ठूलो ताल हो । यसको लम्बाई करिब ५.२ किलोमिटर (पूर्व-पश्चिम ),चौडाइ २.४ किलोमिटर तथा गहिराइ १६७ मिटर छ । यो मुगु जिल्लामा अवस्थित छ यसलाई रारा दह पनि भनिन्छ ।

Rara Lake Nepal (Photo:sherpabrotherstreks.com)

२. फोक्सुण्डो ताल : यो नेपालको सबैभन्दा गहिरो ताल हो । यसको लम्बाइ करिब ४.८ किलोमिटर,चौडाइ १.६ किलोमिटर र गहिराइ ६५० मिटर छ । यो डोल्पा जिल्लामा अवस्थित छ ।

Phoksundo Lake Nepal ( Photo: snowleopardconservancy.org)

 

३. तिलिचो ताल : विश्वको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित छ । यो समुन्द्र सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको छ । यसको लम्बाइ ४ कि.मि.चौडाइ १.२ कि.मि. तथा गहिराइ २०० मिटर छ ।

Tilicho Lake Nepal ( Photo: trekkingteam.com )

 

४. फेवाताल : कास्की जिल्लाको पोखरामा अवस्थित हर्पन खोलाको पानीबाट निर्माण भएको यो तालमा अन्नपुर्ण र माछापुच्छ्रे हिमालको दृष्यसमेत देख्न सकिन्छ । लम्बाइ ४.८ कि.मि र कूल क्षेत्रफल ३ बर्ग किलोमिटर भएको यो ताल कतै फुकेको र कतै सुकेको छ ।

Phewa Lake Nepal (Photo: virtualtourist.com )

 

५. रुपाताल : यो ताल कास्की जिल्लाको पचभैया डाँडाको काखमा रहेको छ ।४.५ मिटर गहिराइ भएको यो तालले करिब १२० हेक्टर क्षेत्रफल ओगटेको छ ।

 

Rupa Lake Nepal ( Photo pokharahotels.com )

 

६. इन्द्रसरोवर : मकवानपुर जिल्लाको कुलेखानी जलविद्दुत परियोजनाका लागि निर्माण गरिएको ७ कि.मि.लामो रिजर्भायर नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो ।

Kulekhani Reservior (Indra Sarovar )Nepal

Photo : nepalitimes.com.np

 

 ७. गोसाई कुण्ड : रसुवा जिल्लामा अवस्थित गोसाई कुण्ड समुन्द्र सतहदेखि ४,२६७ मिटरको उचाइमा रहेको छ । यो ताल वरिपरि ठूलाठूला पहाडी चट्टानले घेरिएको छ । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । यो आन्तरिक पर्यटनमध्ये अत्यन्त व्यस्त पर्यटकीय स्थल हो ।

                                                            Gosai Kunda Nepal ( Photo: Saritaholidays.com)

 

८. वेगनास ताल : कस्की जिल्लाको पोखरा बजारदेखि उत्तरपूर्वी भेगमा ( लेखनाथ नगरपालीका भित्र )पर्ने पचभैया डाँडाको काखमा पर्ने वेगनास ताल ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएर रहेको छ । यो ताल समुद्र सतहबाट ६७७ मिटरको उचाइमा रहेको छ । लेखनाथ नगरपालीका भित्र वेगनास ताल लगाएत अन्य ७ तालहरु पनि रहेका छन । त्यसैले लेखनाथ नगरपालीका लाइ ७ तालको सहर पनि भनिन्छ ।

Lake Begnas Kaski Nepal (Photo flickr.com)

 

 

९. जाखिरा ताल : लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १० कि.मि. टाढा निग्लिहवा गा.वि.स.मा पर्ने जाखिरा ताल लुम्बिनी अञ्चलकै सबभन्दा ठूलो ताल हो । यसको क्षेत्रफल करिब १५७ हेक्टर रहेको छ यस तालमा प्रतिवर्ष साइबेरियाका विभिन्न १२ प्रकारका चराहरु ६ महिनासम्म बसोबास गरी फुल पारी बच्चा हुर्काई पुन: साइबेरिया फर्कने गर्छन । यस ताल ७ कि.मि. भित्र रहेका निग्लिहवा,सगरहवा,अरौराकोट र विकुलीकोटजस्ता ऐतिहासिक स्थानमा पुरातात्विक महत्त्वका वस्तुहरु रहेका छन ।

नेपालको प्राकृतिक वनस्पति

Posted on November 30, 2009 at 12:22 PM Comments comments (0)

नेपालको प्राकृतिक वनस्पति

  •  नेपालमा पाईने ५ प्रकारका वन के के हुन ?

(क;)उष्ण प्रदेशीय सदावहार जंगल

(ख;)समशितोष्ण पतझर जंगल

(ग;)समशितोष्ण कोणधारी जंगल

(घ;)लेकाली वनस्पति

(ङ;)टुन्ड्रा वनस्पति

  • उष्ण प्रदेशीय सदावहार जंगल कति उचाइमा पाइन्छ ?

-समुन्द्र सतहदेखि १२०० मिटर उचाइसम्म

  • उष्ण प्रदेशीय सदावहार जंगल कहाँ-कहाँ पाइन्छ ?

-तराई,भावर,दुन र चुरे पहाड

  • उष्ण प्रदेशीय सदावहार जंगलमा कुन कुन जातिका रुखहरु पाइन्छन् ?

-साल,शिशौ,खयर

  • १२०० मिटरदेखि २१०० मिटरको उचाइमा चुरे पहाडको माथिल्लो भाग,मध्यभुमि
  •  र महाभारत पर्वतको तल्लो भागमा पाइने वनलाई के भनिन्छ ?

-समशितोष्ण पतझर जंगल

  • २१०० मिटरदेखि ३३०० मिटरको उचाइमा महाभारत पर्वतको माथिल्लो भाग र
  •  हिमालय पर्वतको तल्लो भागमा पाइने वनलाई के भनिन्छ ?

-समशितोष्ण कोणधारी जंगल

  • समशितोष्ण कोणधारी जंगलका रुखका पातहरु कस्ता हुन्छन ?

-चुच्चो र ठाडो परेका

  • समशितोष्ण कोणधारी जंगलमा पाइने प्रमुख रुखहरु के के हुन ?

-सल्ला,देवदार,धुपी,कटुस,खस्रु,भोजपत्र,गुराँस,गोब्रे सल्ला आदि

  • ३३०० मिटरदेखि ५००० मिटरको उचाइमा उच्च पहाडी तथा हिमाली
  • प्रदेशमा पाइने वनलाई के भनिन्छ ?

-लेकाली वन

  • ५००० मिटरभन्दा मथिको भूभागमा पाइने वनस्पतिलाई के भनिन्छ ?

-टुन्ड्रा वनस्पति