bijaya.webs.com

Just for you......

Blog

किसानको बिलौना

Posted on May 28, 2010 at 6:07 AM Comments comments (0)

कबिता

जलश्रोता धनी देश हो भन्छन,महिनौं भो खस्दैन धाराँ पानी

बजेट भासन त ठुलै गर्छ सर्खारले,खै कता रैछ र हो जानी ।।

राहत दिन्छम भन्छन,आउँदैन एक पैसो,तिनैले त होला खानी

बरु भाकल गर्छम पशुपतीनाथसँग,सुध्रियोस न तिन्को बानी ।।


खम्बा गाड्या १० बर्ष भो,बल्दैन घराँ बत्ती पनि

महंगीले गर्दा गारो भो किन्न,चिनी र च्या पत्ती पनि ।।

मटर हेर्ने रहर छ ,नआओस काल त्यतिञ्ज्याल कत्ती पनि

यो गरम्ला उ गरम्ला भन्थे,अब त लाग्दैन बिश्वास रत्ती पनि ।।


मुख नदेख्या धेरै भो,खै कता गएछ र हो चामल

फल्थ्यो होला बाली राम्रो,हाल्न पाए पो विकासे मल ।।

पोषिलो,मिठो खान पाए पो आउँथ्यो होला पाखुराँ बल

यस्तै यस्तै कारनले सँधै,भै रहन्छ घराँ कल ।।


तिमरुले भनेको पुग्ने,सुख दिने बनाउछम भन्थे संबिधान

सिचाइ छैन,आकासे पानीको भर छैन,कसरी फल्ला खेताँ धान ।।

मटराँ हिड्छन,मिठो मिठो खान्छन,चाहिन्छ उनैलाइ ठूलो मान

कस्तो बेलाँ भोट हालिएछ बज्याहरुलाइ,अब त समातीम कान ।।


आउला त त्यस्तो दिन...

Posted on May 22, 2010 at 8:13 AM Comments comments (0)

संसारका सबैले,दुई छाक टन्न खाने दिन

सजिएर पोशाकमा बच्चा सब,स्कूल जाने दिन ।

आउला त त्यस्तो दिन,पिर व्यथा सबको ध्वंस गर्ने

अशान्ति र आतंकलाइ,बढारेर लाने दिन ।


श्रमै गरि ढुक्कसँग,आफ्नै घरमा सुत्ने दिन

माला गाँसी एकताको,सबैजना जुट्ने दिन ।

आउला त त्यस्तो दिन,सबलाइ समान अवसर दिने

आतंकका किल्ला सबै,एक एक गरि टुट्ने दिन ।


मानिसले मानिसलाइ मानिसकै ब्यबहार,गर्ने दिन

पिडा देख्दा एउटाको,अर्काको आँशु झर्ने दिन ।

आउला त त्यस्तो दिन,सबको मुखमा हाँसो दिने

सबका मनका कुविचार फाली,सुबुद्धिले भर्ने दिन ।


नाताबाद,कृपाबाद र भ्रष्टचार,अन्त्य हुने दिन

शोषक सामन्त दलालहरु,कुना बसी रुने दिन ।

आउला त त्यस्तो दिन,अमनचयन र शान्ति दिने

बिकाश,बौद्धिकता र सफलताले आकाश छुने दिन  ।