bijaya.webs.com

Just for you......

Blog

कम्प्युटर भिजन सिन्ड्रोम ( Computer vision syndrome )र यसको समाध&#236

Posted on May 18, 2010 at 3:53 PM

कम्प्युटर भिजन सिन्ड्रोम ( Computer vision syndrome )र यसको समाधानका उपायहरु

आजको युग सुचना प्रविधिको हो । द्रुतदर र अकल्पनिय रुपमा सुचना प्रविधिमा भैरहेको बिकाशका कारण आज विश्व दिनप्रतिदिन साँघुरिदै गैरहेको छ । सुचना प्रविधिका आश्चर्यजनक उपलब्धीहरुमध्य कम्प्युटर सर्वश्रेष्ठ हो भन्ने कुरामा कसैको दूईमत नहोला । यत्र तत्र सर्वत्र प्रयोग भै रहेको कम्प्युटरको प्रयोग बिना हाम्रा दिनप्रतिदिनका धेरै कार्य सम्पादन गर्न असम्भवप्राय छ । आर्थिक,राजनितीक,सामाजिक बिकाशमा अत्यन्तै पछि परेको नेपाल पनि सुचना प्रविधिको विश्वब्यापीकरणको प्रभावबाट भने अछुतो रहन सकेको छैन । नेपालका प्राय सबै सरकारी,गै-ह सरकारी तथा निजि संघ संस्था,वित्तिय,स्वास्थ्य,शैक्षिक संस्थान आदीमा कम्प्युटरको प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ भने व्यक्तिगत रुपमा कम्प्युटर तथा इमेल इन्टरनेटको प्रयोगकर्ताहरु पनि दिनप्रतिदिन बढ्दै गएका छन । जसरी कम्प्युटर प्रयोगकर्ताहरु बढेका छन, त्यहि अनुपातमा उचित व्यबस्थापन तथा सतर्कताको अभावमा कम्प्युटर प्रयोगकर्ताको आँखा स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न गएको देखिन्छ । त्यसैले प्रस्तुत छ,उचित व्यबस्थापन तथा सतर्कता बिना लामो समय कम्प्युटरको प्रयोग गर्दा आँखामा हुन जाने समस्या " कम्प्युटर भिजन सिन्ड्रोम " ( Computer vision syndrome )तथा त्यसको रोकथाम सम्बन्धि जानाकारी :-


१ ) परिचय
:-
लामो समय कम्प्युटर चलाउँदा आँखामा र आँखाको दृष्टिमा पर्न जाने प्रतिकूल प्रभाव वा समस्यालाइ नै
कम्प्युटर भिजन सिन्ड्रोम ( Computer vision syndrome ) भनिन्छ । कम्प्युटरमा काम गर्दा लामो समयसम्म मोनिटर ( Monitor )मा मात्रै हेरिरहने र आँखा पनि कम झिम्काउने ( सामान्य अवस्थामा स्वस्थ्य व्यक्तिको स्वस्थ्य आँखा १५ देखि २० पटक प्रतिमिनेट झिम्किन्छ भने कम्प्युटर प्रयोग गर्दाको अवस्थामा उक्त दर घटेर ५ पटक प्रतिमिनेट पुगेको हुन्छ ) कारणले यस्तो समस्या हुन्छ । दूबै आँखाको माथिल्लो ढकनिको भित्रपट्टी लगातार आँशु उत्पादन गर्ने ग्रन्थिहरु हुन्छन । यसरी उत्पादित आँशुले प्रत्येक पटकको झिम्काइमा आँखाको देखिने भागको बाहिरी सतह चिसो,ओसिलो,सफा र तन्दूरुस्त राख्छ । जसै हामीले कम आँखा झिम्काउँछौ,आँखाको सतह सुख्खा हुनुका साथै अनेकानेक समस्या देखा पर्छन । कम्प्युटर प्रयोगकर्ताको आँखामा यदि चस्माको पावर लाग्ने छ भने पनि उक्त व्यक्तिलाइ  कम्प्युटर भिजन सिन्ड्रोम ( CVS ) हुन सक्छ । यसै गरि प्रकाश,आँखा देखि मोनिटर सम्मको दुरी,बस्ने कुर्ची आदी विबिध कुराको उचित व्यबस्थापन भएन भने पनि यो समस्या देखा पर्छ ।

२ ) लक्षणहरु :- आँखा दुख्ने,पोल्ने,सुख्खा हुने,आँशु आउने,धमिलो हुने,टाउको दुख्ने,वान्ता होला जस्तो हुने,घुमाउने आदी ।

 internet advertising
३ ) समाधानका उपायहरु
:-
  क ) आँखा जाँच :- माथीनै भनिसकियो कि आँखामा चस्माको पावरको आवस्यकता पर्ने व्यक्तिहरुलाइ यो समस्या हुन्छ । आँखा जाँच नगरिकन आँखामा पावर लाग्ने नलाग्ने थाहा हुँदैन तसर्थ सम्पूर्ण कम्प्युटर प्रयोगकर्ताले कम्प्युटरको प्रयोग शुरु गर्नुभन्दा पहिले नेत्ररोग विशेषज्ञ वा नेत्र चिकित्सकसंग आँखा जाँच गराउनु पर्दछ ।
  ख ) आँखा र कम्प्युटर स्क्रिन विचको दूरी :- आँखा कम्प्युटरको मोनिटरदेखि २०-२५ इन्चको दूरीमा हुनु पर्दछ साथै आँखा मोनिटरको विचमा परेको हुनु पर्छ ।
  ग ) मोनिटरको स्थिती :- कम्प्युटरको विचको भाग आँखा भन्दा १५-२० डिग्री तल हुनु पर्दछ ।
मोनिटर आँखा भन्दा कुनै पनि हालतमा माथि हुनु हुदैन । यदि यस्तो भएमा यो समस्या हुने संम्भावना अत्यन्तै बढि हुन्छ ।
  घ ) प्रकाशको उचित व्यबस्थापन :- कम्प्युटर प्रयोगकर्ताले कोठामा प्रकाशको उचित व्यबस्थापन गर्नु पर्छ । कोठामा अत्याधिक बढि प्रकाश छिरेको पनि हुनुहुदैन भने धेरै नै कम प्रकाश वा अध्यारो पनि हुनुहुदैन । प्रकाश चारैतिरबाट बराबर मात्रामा कोठामा परेको हुनु राम्रो हुन्छ । कम्प्युटर प्रयोग गरिरहँदा झ्यालबाट सिधै आँखामा प्रकाश पर्नु भने हुँदैन । सिलिङमा ट्युवलाइट भएको कोठा उपयुक्त हुन्छ ।
  ङ ) एन्टि ग्लेयर स्क्रिन( Anti-glare screen )को प्रयोग :- यस्तो स्क्रिनले कम्प्युटरको मोनिटरबाट निस्कने किरण तथा विकिरणको मात्रालाइ नियन्त्रण गर्ने हुनाले आँखामा पर्न जाने नकरात्मक प्रभावलाइ कम गरि आँखा दूख्ने वा थाक्ने समस्यालाइ कम गर्छ ।
  च ) कम्प्युटरको मोनिटर बदल्ने :- पुरानो प्रबिधिको  सि.आर.टि. ( Cathod ray tube ) मोनिटरले भन्दा नयाँ प्रबिधिको एल.सि.डि. ( Liquid crystal display ) मोनिटरले आँखामा नकरात्मक असर कम पार्ने र हेर्न पनि सजिलो र आरामदायी हुने हुनाले एल.सि.डि. ( LCD monitor ) को प्रयोग गर्ने ।
  छ ) स्क्रिनको उज्यालोपन र गाढापन मिलाउने :- कम्प्युटर प्रयोग गरिरहँदा स्क्रिनको उज्यालोपन र गाढापन ठिक्कको हुनुपर्दछ । धेरै उज्यालो वा कम उज्यालो तथा धेरै गाढा वा धेरै धमिलो भएमा आँखा थाक्ने र दूख्ने हुन्छ । साथै भरसक सेतो पृष्ठभुमीमा कालो वा निलो रंगको अक्षर भएका डकुमेन्टहरुको प्रयोग गर्नु राम्रो हुन्छ ।
  ज ) आँखा धेरै झिम्काउने :- कम्प्युटरको प्रयोग गर्दा ध्यान जति सबै कम्प्युटरमै केन्द्रित हुने हुनाले हामी सबैले आँखा झिम्काउन बिर्सिन्छौ जस्ले गर्दा आँखा सुख्खा हुन गै विबिध समस्याहरु देखिन्छन । तसर्थ कम्प्युटरको प्रयोग गर्दा बारम्बार आँखा झिम्काइ रहनुपर्दछ ।
  झ ) आँखाको अभ्यास ( Exercise ) गर्ने :- कम्प्युटको प्रयोग गर्दा यस्तो समस्याबाट बच्न आँखाको अभ्यास गर्नु अत्यन्त जरुरि हुन्छ । र यसरि आँखाको अभ्यास गर्न २०-२०-२० को नियम लागु गर्नु पर्छ । यो नियमानुसार प्रत्येक २० मिनेटमा २० फिट ( ६ मिटर ) परको बस्तु २० सेकेण्डको लागि ( एकोहोरो आँखा नझिम्काइकन भने होइन ) हेर्नुपर्दछ । जस्ले गर्दा आँखालाइ राहत पुग्न गै यस्तो समस्या हुनबाट बच्न सकिन्छ ।
  ञ ) विश्राम ( Break ) लिने :- लगातार धेरै समय कम्प्युटरको प्रयोग गर्दा यस्तो समस्या हुने भएकोले विच-विचमा विश्राम लिनु पर्दछ । र एक पटकमा कम्तिमा २० मिनेट विश्राम लिनु पर्दछ । त्यसपछि पून: कम्प्युटर चलाउन सकिन्छ ।
  ट ) बस्ने कुर्चीको व्यबस्थापन :- कम्प्युटर प्रयोग गर्दा आरामदायी र दूबै हात अडेस लगाउन मिल्ने हाते कुर्चीको प्रयोग गर्नु राम्रो हुन्छ ।
 
ठ ) चस्माको प्रयोग :- पावर चस्माको आवश्यक पर्ने व्यक्तिले पावर चस्मा लगाएर तथा पावर चस्माको आवश्यक नपर्ने व्यक्तिले पनि बिना पावरको चस्मा लगाएर कम्प्युटरको प्रयोग गर्नु पर्छ ।
  ड ) औषधीको प्रयोग :- कम्प्युटर भिजन सिन्ड्रोम ( CVS ) बाट बच्न नेत्ररोग विशेषज्ञ वा नेत्र चिकित्सक ( सहायक ) को सल्लाह बमोजिम आँखामा नक्कली आँशु ( Lubricating eye drop )को प्रयोग सबैभन्दा प्रभावकारी हुन्छ । बजारमा यस्ता औषधीहरु प्रसस्त पाइने भएपनि कतिपय प्रभावकारी र उपयुक्त नहुन सक्छन तसर्थ नेत्ररोग बिशेषज्ञ वा नेत्र चिकित्सक ( सहायक ) ले नै सिफारिस गरेको औषधी आँखामा प्रयोग गर्नु पर्छ । 
 internet advertising 
पूनश्च: नयाँ नयाँ प्रविधिलाइ अवश्य अंगालौँ तर विशेष साबधानी र सतर्कतापूर्वक !!!

Categories: आँखा स्वास्थ्य

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments

My newest website

Paypal Donation

Google Translator

Follow me on twitter.

Search

Custom Search

Listen online or download most popular evergreen Nepali Mp3 songs.

Your system should have "Flash Player" installed to listen the songs online.Don't have Flash Player ? Download it here. To Download the song,mouse over the song you like then right click your mouse and click "Download this Song" 

bijaya.webs.com on Facebook

Listen live

Listen Kantipur F.M. 96.1 live

सुन्नुहोस बुलबुल: एउटा इरानी चरा

नेपाली भाषामा उज्यालो ९० नेटवर्कबाट नेपालका धेरै एफ.एम.स्टेशनहरु तथा इन्टरनेट अनलाईन www.unn.com.np बाट प्रसारित हुने गजल सम्बन्धि मनोरञ्जनात्मक सम्पुर्ण रेडियो कार्यक्रम । प्रस्तोता अच्युत घिमिरे ।

Sponsors:

Recent Visitors


Want free traffic to your site ?

URL Submission

Click Here for Free Traffic!
Click Here for your Free Traffic!

Advertise my site free UseAds.com! Add & submit url & exchange text links + increase traffic & improve page rank!

Advertising my web site free online UseAds.com - Add & submit url & exchange text links + increase traffic & promotion marketing website

Shout

Did You Know